सिटिजन्स घर कर्जा
Start building your saving plans for your new journey
बैंकले आवासका निम्ति जग्गा खरीद/घरनिर्माण, अपार्टमेन्ट खरीद, मर्मतसम्भार तथा विस्तार तथा रिफाईनान्स समेतको लागी विभिन्न प्रकृतिका घर कर्जा उपलब्ध गराउँदै आएको छ।
| प्रयोजनः | विकासकर्ता/निर्माणकर्ताहरूद्वारा निर्मित जग्गा र/वा तयार भवन वा बंगला/अपार्टमेन्टको खरिदको लागि वित्तपोषण गर्न, व्यक्तिगत बसोबास वा भाडाको लागि घर/फ्ल्याटमा निर्माण, मर्मत, नवीकरण, थप, परिवर्तन। |
| किसिमः | समान मासिक किस्ताबन्दी |
| कर्जा सीमाः | ५ करोड रुपैयाँसम्म पहिलो पटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्म नवीकरण/विस्तारको लागि ५ करोड रुपैयाँसम्म |
| अवधि: | अधिकतम २५ बर्षसम्म |
| कर्जा हिस्साः |
जग्गा खरिदको लागि: बैंकको वित्तपोषण धितोको उचित बजार मूल्य वा खरिद मूल्य मध्ये जुन कम छ त्यसको ५०% (उपत्यका भित्र र काठमाडौँ उपत्यका बाहिर अवस्थित सम्पत्तिको लागि) भन्दा बढी हुनु हुँदैन। जग्गा तथा भवन खरिदको लागि: बैंकको वित्त धितोको उचित बजार मूल्य वा खरिद मूल्य जुन कम छ त्यसको ७०% देखि ८०% भन्दा बढी हुनु हुँदैन। आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण गर्न तथा बिल्डर वा डेभलपरद्वारा निर्मित बंगला वा अपार्टमेन्ट खरिद गर्नका लागि: कर्जा रकम सम्पत्तिको उचित बजार मूल्यको ७०% देखि ८०% र अनुमानित निर्माण लागतको १००% सम्म हुनुपर्छ। |
योग्यताः
- नियमित आयस्रोत भएको नोकरी वा स्वरोजगार नेपाली नागरिक
- धितो राखिने घर÷जग्गासम्म मोटरबाटो पहुँच भएको
- स्वरोजगार व्यक्तिहरु को हकमा, व्यापार÷व्यवसाय कम्तिमा ६ महिना देखि सञ्चालनमा रहेको
- आवेदकको न्यूनतम उमेर १८ बर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ७५ बर्ष ननाघेको
- आवेदक वा निजको सगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने
