Skip to main content
  • गुनासो
होम›कर्जा›सिटिजन्स फास्ट ट्रयाक कर्जा

सिटिजन्स फास्ट ट्रयाक कर्जा

यो कर्जाको मुख्य उद्देश्य विपन्न परिवारलाई कर्जा उपलब्ध गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग गर्नु हो। यो कर्जा नयाँ व्यापार सुरु गर्न वा सञ्चालनमा रहेका व्यापारलाई थप व्यवस्थित बनाउनका लागि लगानी गर्न वा आवेदकको अन्य पारिवारिक÷सामाजिक आवश्यकता पूरा गर्न उपयोग गर्न सकिन्छ। सामान्यतः यो कर्जा शहरी वा ग्रामीण क्षेत्रका विपन्न, निम्नवर्गीय र मध्यमवर्गीय परिवारका पारिवारिक/सामाजिक/व्यापारिक आवश्यकता पूरा गर्न जग्गा (कृषियोग्य वा अन्य) धितोवापत प्रदान गरिन्छ।

प्रयोजनःआवेदक (व्यक्ति वा व्यवसायिक इकाई) का कृषिजन्य/व्यापारिक/व्यक्तिगत आवश्यकता पूरा गर्न
किसिमःआवधिक वा अधिविकर्ष(ओभरड्राफ्ट) कर्जा
कर्जा सीमाःअधिकतम नेरु २० लाखसम्म
अवधिःआवधिक कर्जाको हकमा समान मासिक किस्ताबन्दीमा अधिकतम १० बर्ष
अधिविकर्ष(ओभरड्राफ्ट)ःरिभल्भिङ आधारमा १ बर्ष सम्म
योग्यता:ऋणको परिपक्वताको समयमा १८ वर्षभन्दा माथिको र अधिकतम ६० वर्ष उमेर पुगेको कुनै पनि नेपाली नागरिक
योग्यता :
  • साना व्यापारमा संलग्न, उद्यमी वा उचित आयस्रोत भएका नेपाली नागरिक
  • स्थायी लेखा नम्बर भएका वा गाउँपालिका र नगरपालिकालगायत कुनै सरकारी निकायमा दर्ता भएका व्यापारिक इकाई
  • आवेदकको न्यूनतम उमेर १८ बर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६० बर्ष ननाघेको

Citizens SmartBank सँग जहाँसुकै बैंकिङ

केही मिनेटमै खाता खोल्नुहोस्, पैसा पठाउनुहोस् र बिल तिर्नुहोस्।

डाउनलोड गर्नुहोस्App Storeप्राप्त गर्नुहोस्Google Play
Show All Links
SWIFT: CTZNNPKAगुनासो24/7 16600166667

© 2026 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड। सर्वाधिकार सुरक्षित। निर्माता: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड

साइटम्याप