सिटिजन्स शैक्षिक कर्जा
बैंकले नेपाल वा अन्य देशमा व्यवसायिक वा प्राविधिक शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक कर्जा सुविधा ल्याएको छ। यो कर्जा स्नातक, स्नातकोत्तर,विशिष्ठ तह वा शीपमूलक÷प्राविधिक तहमा स्वदेश वा विदेशमा अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीलाई उपलब्ध गराइन्छ। सिटिजन्स शैक्षिक कर्जा आवेदकको १००% सम्म अध्ययन खर्च सम्म उपलब्ध छ ।
| प्रयोजनः | नेपाल वा अन्य देशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुको अध्ययन खर्च व्यहोर्न |
| किसिमः | समान मासिक किस्ताबन्दी मा चुक्ता हुनेगरी |
| कर्जा सीमाः | अधिकतम नेरु १ करोडसम्म |
| ऋवधि: | कर छुट अवधि समेत अधिकतम १५ बर्ष |
| कर्जा हिस्साः |
कार्यक्रमको अवधिमा लाग्ने कुल खर्चको १००% सम्म; तर यो रकम धितो राखिएको सम्पत्तिको 'डिस्ट्रेस भ्यालु' (Distress Value) को ८०% वा १ वर्ष ३५ दिनको दाबी अवधिभित्र 'राजिनामा' (बिक्री) मूल्यको १००% (जुन कम हुन्छ सोही बमोजिम) भन्दा बढी नहुने गरी; वा 'बकसपत्र' मार्फत स्वामित्व हस्तान्तरणको हकमा २ वर्ष ३५ दिन वा 'अंशबन्डा' को हकमा २ महिना ३५ दिनको सीमाभित्र रहने गरी। |
योग्यताः
- सम्बन्धित शैक्षिक संस्थाबाट आवेदक/विद्यार्थीको भर्ना स्वीकृति
- आवेदक/विद्यार्थीको किस्ता तिर्न निजको आमाबाबु/अभिभावक/जीवनसाथीको नियमित आयस्रोत
- आवेदकको न्यूनतम उमेर १८ बर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ बर्ष ननाघेको
