Skip to main content
  • गुनासो
हाम्रो बारेमा

हाम्रो बारेमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड सबै प्रकारका वित्तीय आवश्यकता पूरा गर्नका लागि स्थापना गरिएको भरपर्दो साझेदार संस्थाहो। उच्चव्य वसायिकतथा अनुभवी टिमद्वारा गठित यो बैंकले गुणस्तरीय सेवा मार्फत बैंकिङ्ग क्षेत्र मावि श्वासिलो पहिचान हाँसिल गरेको छ।

About Us


पृष्ठभूमि


वि.सं २०६४ बैशाख ७ (सन् २००७ अप्रिल २०)मा देशको २०औँ वाणिज्य बैंकको रुपमा स्थापित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य शाखा मुलुकको वित्तीय क्षेत्रकै केन्द्रमानिने नारायणहिटि पथ, काठमाण्डौँमा अवस्थित छ। यस बैंकका प्रबद्र्धकहरु मागन्यमान्य व्यक्तित्व, व्यापारिक तथा औद्योगिक घरानालगायत समाजमा प्रतिष्ठित व्यक्तिहरु रहेका छन्। उच्च व्यवसायिक तथा अनुभवी टिमद्वारा व्यवस्थित यस बैंकको मुलुकभर जम्मा २०० वटा शाखाहरु, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ विस्तार काउन्टरहरू तथा १६९ वटा एटिएमहरु रहेका छन्।

Mission

उत्कृष्ट सेवासुविधाहरु परिकल्पना र प्रदान गरी व्यक्ति तथा संस्थाहरुका लागि प्रगतिपथमा भरपर्दो साझेदार बन्नु।

पाँच संस्थागत मूल्यमान्यता

  • सेवाग्राही केन्द्रीत: हामी नवीन समाधानहरुमार्फत आफ्ना सेवाग्राहीका अपेक्षा तथा वित्तीय आवश्यकताहरु पूरा गर्न प्रतिबद्ध छौँ। 
  • सेवामा उत्कृष्टता: हामी सेवाग्राही केन्द्रीत सेवा र सुविधाहरु उपलब्ध गराउन तत्पर छौँ।
  • जनशक्ति: हामी इमान्दार, मिजासिला र सहयोगी व्यक्तिहरु परिचालन गछौँ र उनीहरुलाई गुणस्तरीय कार्यसम्पादन गर्न सबलिकरण गछौँ।
  • संस्थागत सुशासन (कर्परेट गभर्रनेन्स) : हामी जवाफदेहीता र पारदर्शीतामा विश्वास गछौँ र आफ्ना जिम्मेवारी संस्थागत आचार संहिताका अधीनमा रही पूरा गर्दछौा 
  • सामाजिक दायित्व: हामी देश विकासका लागि सामाजिक अभियानहरुको सञ्चालन गर्न प्रतिबद्ध छौँ। 

Vision

सर्वोत्कृष्ट सेवाका लागि परिचित अग्रपंक्तिको बैंकका रुपमा स्थापित हुनु।  

Citizens SmartBank सँग जहाँसुकै बैंकिङ

केही मिनेटमै खाता खोल्नुहोस्, पैसा पठाउनुहोस् र बिल तिर्नुहोस्।

डाउनलोड गर्नुहोस्App Storeप्राप्त गर्नुहोस्Google Play
Show All Links
गुनासो

© 2026 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड। सर्वाधिकार सुरक्षित। निर्माता: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड

साइटम्याप